September 22, 2026

निर्वाचन कार्यतालिका स्वीकृतः १ देखि १० मंसिरसम्म दल दर्ताको कार्यक्रम

निर्वाचन कार्यतालिका स्वीकृतः १ देखि १० मंसिरसम्म दल दर्ताको कार्यक्रम

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनका लागि हुने निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । आयोगले आज विज्ञप्ति जारी गर्दै १ देखि १० मंसिरसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ताको कार्यक्रम तय गरेको छ ।

आयोग प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि २ माघदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ । यस्तै, ३ देखि १८ फागुनसम्म प्रचारप्रसार समय, १९ फागुनदेखि मौन अवधि लागू हुनेछ ।

फागुन २१ बिहान ७ देखि ५ सम्म मतदान कार्य हुने आयोगले जनाएको छ ।

समानुपातिक निर्वाचनका लागि भने १५ मंसिरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र १८ र १९ पुसमा दलहरूले बन्द सूची पेस गर्ने कार्यतालिका रहेको छ ।

सम्बन्धित खबरहरु

भर्खरै