दोलखा । गौरीशङ्कर गाउँपालिका–९ रोल्वालिङ हिमशृंखलाअन्तर्गत यलुङ री हिमालको आधार शिविरमा गएको हिमपहिरोमा सात जनाको ज्यान गएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेका अनुसार, अझै एक जना बेपत्ता छन् भने हिजो बेलुकी उद्धार गरिएका चार जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ।
केही दिनदेखि रोल्वालिङ उपत्यकामा निरन्तर हिमपात भइरहेको थियो, जसले हिमपहिरोको जोखिम बढाएको थियो।







