September 22, 2026

प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा अन्तरिम आदेश जारी गर्नु नपर्ने निर्णय

प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा अन्तरिम आदेश जारी गर्नु नपर्ने निर्णय

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिटमा अन्तरिम आदेश जारी गर्नु नपर्ने निर्णय गरेको छ।

बुधबार अदालतले १६ वटा रिटको प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश आवश्यक नरहेको आदेश जारी गरेको हो।

संवैधानिक इजलासमा सुनुवाइ पश्चात अदालतले तत्काल अन्तरिम आदेश जारी नगरी कारण देखाउ आदेश मात्रै दिएको छ।

विशेषज्ञहरूले यस निर्णयलाई आगामी पूर्ण सुनुवाइका लागि अदालतले दुवै पक्षलाई तर्क प्रस्तुत गर्न दिने संकेतको रूपमा व्याख्या गरेका छन्।

सम्बन्धित खबरहरु

भर्खरै