September 22, 2026

लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना

लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना

काठमाडौं । सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ। बुधबार बिहान लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर हेलिकप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले जानकारी दिइन् ।

प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार हेलिकप्टरमा पाइलट विवेक खड्का मात्र सवार थिए, र खड्का सकुशल रहेका छन्। यात्रु भने कुनै पनि थिएनन्।

लुक्ला विमानस्थलका अनुसार, बिहान ८:१५ बजे ‘अल्फा माइक सेरा’ कलसाइन भएको उक्त हेलिकप्टर लोबुचेमा अवतरणका क्रममा चिप्लिएको हो। हेलिकप्टर बिहान ७:४३ मा लुक्लाबाट उद्धार उडानका लागि लोबुचेतर्फ गएको थियो।

दुर्घटनाको समयमा त्यहाँ रहेका केही पर्यटकहरूले ‘ला! हेलिकप्टर दुर्घटना भयो’ भन्दै खिचेको भिडियो सामाजिक सञ्जालमा पनि सार्वजनिक भएका छन्।

अल्टिच्युड एयरका कार्यकारी अध्यक्ष निमा नुरु शेर्पाका अनुसार, क्याप्टेन खड्कालाई खासै केही नभएको पुष्टि भएको छ। उहाँलाई लुक्लाबाट कैलाश एयरको हेलिकप्टरमार्फत उद्धार गर्न टोली पठाइएको छ।

 

सम्बन्धित खबरहरु

भर्खरै