September 22, 2026

दल दर्ता गर्न विप्लव नेतृत्वको पार्टीले दियो निर्वाचन आयोगमा निवेदन

दल दर्ता गर्न विप्लव नेतृत्वको पार्टीले दियो निर्वाचन आयोगमा निवेदन

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको कम्युनिष्ट पार्टी नेकपाले निर्वाचन आयोगमा दल दर्ता गर्न निवेदन दिएको छ। दलका नेताहरू खड्गबहादुर विश्वकर्मा, सन्तोष बुढामगर र कर्णजित बुढा लगायत आयोग पुगेका थिए।

आगामी प्रतिनिधि सभा फागुन २१ का लागि चुनाव तय भएको अवस्थामा दलले चुनावमा भाग लिन दल दर्ताको प्रमाणपत्र यही कात्तिक ३० गतेसम्म लिनुपर्ने समयसीमा राखिएको छ। सोही उद्देश्यअनुसार नेकपाले आयोगमा दल दर्ताको निवेदन दिएको प्रवक्ता विश्वकर्माले बताएका छन्।

निर्वाचन आयोगले प्राप्त निवेदनको अध्ययन गरेर प्रस्तावित नाम, दर्ता स्वीकृति र अन्य प्रासंगिक विषयमा निर्णय दिनेछ। आयोगको निर्णयपछि मात्र दलले आधिकारिकता पाउनेछ।

 

सम्बन्धित खबरहरु

भर्खरै