September 22, 2026

किस्ट मेडिकल कलेजमा सुत्केरी महिलाको मृत्युपछि तोडफोड, प्रहरी परिचालन

किस्ट मेडिकल कलेजमा सुत्केरी महिलाको मृत्युपछि तोडफोड, प्रहरी परिचालन

ललितपुर । किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा तीन दिनअघि सुत्केरी महिलाको मृत्यु भएको घटनापछि प्रदर्शन र तोडफोड भएको छ। २५ वर्षीया मिनाश्री राईको सुत्केरीपछि अत्यधिक रक्तस्राव भएको थियो, जसका कारण उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

आफन्तहरूले अस्पतालको लापरबाहीका कारण मृत्युभएको भन्दै विरोध जनाएका हुन्। आज पनि प्रदर्शन भएपछि अस्पतालमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रहरीका अनुसार थप झडप रोक्न घटनास्थलमा सुरक्षा बलको उपस्थिती बढाइएको छ।

मृत्युपछि परिवार र आफन्तहरूले अस्पतालमा ढुंगामुढा र तोडफोड गरेका थिए। प्रहरीले स्थिति सामान्य पार्न अश्रु ग्यास प्रहार गरेको छ। हाल अस्पताल प्रहरीको घेरेमा रहेको छ।

सम्बन्धित खबरहरु

भर्खरै