September 22, 2026

सुशीला कार्कीको मन्त्रिपरिषद् विस्तार: दुई नयाँ मन्त्रीले शपथ लिए

सुशीला कार्कीको मन्त्रिपरिषद् विस्तार: दुई नयाँ मन्त्रीले शपथ लिए

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् आइतबार थप दुई नयाँ मन्त्रीसहित १० सदस्यीय बनेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले डा. सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ दिलाएका छन्।

यसअघि खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको नाम पनि मन्त्रिपरिषद्‍मा सिफारिस गरिएको थियो, तर विवाद उठेको कारण उनीहरूको शपथ स्थगित गरिएको छ।

प्रधानमन्त्री कार्कीले भदौ २७ गते पद ग्रहण गरेपछि यसअघिका दुई चरणमा मन्त्रिपरिषद् विस्तार गरिसकेकी छिन्। भदौ ३० गते, उनले रामेश्वर खनाल, ओमप्रकाश अर्याल र कुलमान घिसिङलाई मन्त्री नियुक्त गरेकी थिइन्। असोज ६ गते, अनिल कुमार सिन्हा, महावीर पुन, मदनप्रसाद परियार र जगदीश खरेललाई मन्त्री बनाएकी थिइन्।

प्रधानमन्त्री कार्कीको पहिलो मन्त्रिपरिषद् गठनमा रामेश्वरप्रसाद खनाललाई अर्थ तथा संघीय मामिला, कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र ओमप्रकाश अर्याललाई गृह, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनाइएको थियो।

दोस्रो विस्तारमा मन्त्रिपरिषद् आठ सदस्यीय भएको थियो र अनिलकुमार सिन्हा कानुन, न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था, मदन परियार कृषि तथा पशुपक्षी विकास, जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि र महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेका थिए।

सम्बन्धित खबरहरु

भर्खरै