काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । ‘गरि खान देउ’ भन्ने अभियानको संयोजक समेत रहेका ढुंगानाले नयाँ दल खोल्ने घोषणा गरेका हुन् ।
सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै ढुंगानाले मुलुकको आमूल परिवर्तनका लागि आफूहरुले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेको बताए । आफूहरु ‘गरिखान देउ’ भन्ने अभियानसहित देशमै केही काम गरिखान पाउँ भन्ने सार बोकेर अघि बढिरहेको र सोही समयमा जेनजी आन्दोलन भइ नयाँ परिवर्तन ल्याएको बताए ।
आम युवा र नागरिकहरुको बलिदानीका कारण वर्तमान समयको परिवर्तन आएको बताउँदै आगामी दिनमा जेनजीहरुको माग सम्बोधनका लागि नयाँ दल खोल्न लागेको बताए । साथै त्यसका लागि वार्ता समिति समेत गठन गरेको र त्यसमा आफूहरुलाई सुझाव दिन समेत आग्रह गरेका छन् ।







