September 22, 2026

राजीनामा माग्नेहरूलाई ओलीको चुनौती: ‘बहुमत पुर्‍याउनुहोस्, विधिअनुसार हट्न तयार छु’

राजीनामा माग्नेहरूलाई ओलीको चुनौती: ‘बहुमत पुर्‍याउनुहोस्, विधिअनुसार हट्न तयार छु’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वबाट राजीनामा माग्ने नेताहरूलाई बहुमत पुर्‍याएर निर्णय गर्न चुनौती दिएका छन्। बुधबार बसेको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले आफू विधि र वैधानिक प्रक्रिया अनुसार चल्न तयार रहेको बताए। उनले भने, “केपी ओली हट्नुपर्छ भनेका वेला खुसीसाथ कमरेडहरूको आदेशमा हट्न तयार छु। तर, कमिटीको निर्णयबाहिर गएर लोकप्रियतावादका पछि लाग्ने प्रवृत्तिलाई पार्टीले स्वीकार गर्न सक्दैन।”

यसअघि सचिवालय बैठकमा केही नेताहरूले जेन–जी आन्दोलनमा भएको क्षतिको नैतिक जिम्मेवारी लिएर ओलीलाई राजीनामा दिन सुझाव दिएका थिए। सो प्रस्ताव केन्द्रीय कमिटीमा पनि आउने संकेत गर्दै ओलीले त्यसप्रति कठोर प्रतिक्रिया दिएका हुन्।

ओलीले आफू अझै सक्रिय र सक्षम रहेको दाबी गर्दै भने, “म हिँड्न नसक्ने होइन, दौडन सक्ने अवस्थामा छु। मलाई बोक्न कसैले पर्दैन।” उनले पार्टीभित्रका मतभेदलाई विधि र प्रक्रियामार्फत समाधान गर्नुपर्नेमा जोड दिँदै भने, “व्यक्तिगत इच्छा पूरा गर्न म हिँडेको होइन, यो देशको इच्छा पूरा गर्ने नेतृत्व एमालेले गर्छ।”

सम्बन्धित खबरहरु

भर्खरै