September 22, 2026

बाबुराम भट्टराई भन्छन्– नयाँ पुस्तालाई देशको नेतृत्व दिने अवसर सिर्जना गर्न पदबाट राजीनामा दिए

बाबुराम भट्टराई भन्छन्– नयाँ पुस्तालाई देशको नेतृत्व दिने अवसर सिर्जना गर्न पदबाट राजीनामा दिए

काठमाडौं । नेसपा (नयाँ शक्ति)को अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ पुस्तालाई अवसर दिनका लागि आफूले पदबाट राजीनामा दिएको बताएका छन्।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भट्टराईले अहिलेसम्म आफूलाई साथ दिने पार्टीका नेता तथा कार्यकर्तालाई धन्यवाद दिँदै नयाँ पुस्तालाई प्रोत्साहन गर्न राजीनामा दिएको बताए। उनले उनीहरुलाई नै देशको नेतृत्व दिने अवसर सिर्जना गर्न आफूले पदबाट राजीनामा दिएको दाबी गरे।

पूर्वप्रधानमन्त्री भट्टराईले नेपाली इतिहासलाई केहि दशक अघि बढाउन नयाँ पुस्ता आन्दोलनबाट दीक्षित भएकाले उनीहरूलाई अवसर प्रदान गर्नुपर्ने धारणा राखे । पुराना दलहरूले आफूलाई रुपान्तरण गर्दै सच्चिनुपर्ने वा सकिनुपर्ने अवस्था आएको उनको भनाइ छ ।

सम्बन्धित खबरहरु

भर्खरै