September 22, 2026

डा.भट्टराईले नेसपा(नयाँ शक्ति)को अध्यक्ष पदबाट दिए राजीनामा

डा.भट्टराईले नेसपा(नयाँ शक्ति)को अध्यक्ष पदबाट दिए राजीनामा

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले आज अध्यक्ष पदबाट राजीनामा दिएका छन्। पार्टी प्रवक्ता कृष्ण शर्माका अनुसार, जेनजी आन्दोलनपछि पार्टीको रूपान्तरण र पुनर्गठनका लागि अध्यक्ष भट्टराईले पद त्याग गरेको बताएका छन्।

आज काठमाडौंमा आयोजित केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा केन्द्रीय तहका सबै सदस्यहरू, प्रदेश संयोजकहरू र जिल्ला संयोजकहरूको उपस्थिति रहेको थियो।

पद त्यागपछि पार्टी भित्र महाधिवेशन र नेतृत्व पुनर्संरचना प्रक्रियाका लागि तयारी सुरु हुने अपेक्षा गरिएको छ।

 

सम्बन्धित खबरहरु

भर्खरै