चितवन । समता समाज नेपालका केन्द्रीय अध्यक्ष तथा दलित अधिकारकर्मी गोपाल बहादुर वि.क थापाले अन्तरिम सरकारमा सबै समुदायको प्रतिनिधित्व हुने समावेशी सरकार निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
नवगठित अन्तरिम सरकारको बारेमा आफ्नो धारणा राख्दैँ दलित अधिकारकर्मी वि.कले दलित समुदायले विश्वास गरेमा आफूले सुशीला कार्कीको अन्तरिम सरकारलाई साथ दिन तयार रहेको बताएका छन् ।
को हुन् दलित अधिकारकर्मी वि.क
दलित अधिकारकर्मी वि.क गण्डकी प्रदेश, तनहुँ जिल्ला किहुँमा जन्मिएका सेवा निवृत्त भारतीय सेना हुन् । उनी नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका महासचिव, गोर्खा बिरगेट नेपालका सचिव, तनहुँ–चितवन विश्वकर्मा समाजका अध्यक्ष, भूतपूर्व सैनिक ४/१ गोर्खा राइफल चितवनका अध्यक्ष समेत हुन् ।
सरल, स्वच्छ, इमान्दार, निष्ठावान, विज्ञ र अनुभवी व्यक्तित्वका रुपमा परिचित वि.कले समाजमा विभिन्न योगदान दिँदै आएका छन् ।







