काठमाडौं । नेपाली सेनाले काठमाडौं, भक्तपुर र ललितपुरमा शुक्रबार पनि दिनभर निषेधाज्ञा र राति कर्फ्यु आदेश जारी गरेको छ ।
सेनाको मुख्यालय जंग्गीअड्डाले जारी गरेको विज्ञप्ति अनुसार, भोलि (भदौ २७) गते बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा लाग्नेछ । त्यस्तै, साँझ ७ बजेदेखि रातभर कर्फ्यु आदेश जारी गरिएको छ ।
बिहान ६ देखि ११ बजे र साँझ ५ देखि ७ बजेसम्मको समयमा भने अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने नेपाली सेनाले जनाएको छ ।















