काठमाडौं । जेन–जी पुस्ताको आन्दोलन हिंसात्मक बन्दै जाँदा राजधानीका अस्पतालहरूमा उपचारको चाप बढेको छ। हालसम्म मृत्यु हुनेको संख्या ८ पुगेको छ भने घाइतेहरूको यकिन तथ्यांक भने सार्वजनिक भएको छैन।
अस्पताल स्रोतका अनुसार राष्ट्रिय ट्रमा सेन्टरमा ५, सिभिल अस्पतालमा २ र एकजनाको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ। मृतकहरूको मुचुल्का उठाउन प्रहरीबाट टोली खटिएको छ।







