काठमाडौं । जसपा नेपालका केन्द्रीय सदस्य प्रदीप घतालले जेन–जी पुस्ताले अघि सारेको आन्दोलनलाई सुझावसहित समर्थन गरेका छन् । आफ्नो विचार सार्वजनिक गर्दै उनले नेपाल र नेपालीको समस्या केवल भ्रष्टाचारमा मात्र सीमित नभएको प्रष्ट पारेका छन् । उनका अनुसार भ्रष्टाचार जन्माउने मूल कारण असमानता र स्रोत साधनको असमान वितरण हो, जसको जरामा वर्णव्यवस्था र त्यसले हुर्काएको जातव्यवस्था रहेको छ ।
“यसलाई समूल नष्ट नगरेसम्म भ्रष्टाचार कदापि अन्त्य हुने छैन,” उनले भनेका छन्, “सबै नागरिकलाई राज्यमा पहुँच दिलाउँदै समान अवसरको वितरणमार्फत मात्र समाजको पुनर्गठन सम्भव छ ।” घतालले जेन–जी पुस्तालाई सामाजिक न्यायको सही अर्थ बुझ्न, आलोचनात्मक चेत विकास गर्न तथा गलत शास्त्र आधारित ज्ञान र त्यसअनुसार निर्मित पाठ्यक्रममाथि प्रश्न उठाउन आग्रह गरेका छन् ।
यस्तो छ उनको स्टाटस
प्रिय जेन – जि पुस्ता,
नेपाल र नेपालिकाे समस्या केवल भ्रष्टाचार मात्रै हाेईन भन्ने बुझ्नु, याे भ्रष्टाचार जन्माउने कारण असमानता र स्राेत साधनकाे असमान बितरण हाे ।
अनि यसकाे जरा भनेकाे वर्ण व्यवस्था र यसले हुर्काएकाे जात व्यवस्था हाे ।
यसकाे समुल नष्ट नगरे सम्म भ्रष्टाचार कदापि अन्त्य हुनेछैन । सबै नागरिकलाई राज्यमा पहँच पुर्याउदै, सबै अबसरहरुकाे समान बितरणले मात्रै समाजकाे पुनर्गठन ठिक ढंगले हुन्छ भन्ने बुझ्नु, साथै सामाजिक न्याय के हाे भन्ने बुझ्नु ।
यसका लागि संगसंगै नयाँ बाैद्विक जनजागरणकाे आन्दोलन पनि छेड्न ढिला नगर्नु,
गलत शास्त्र आधारित ज्ञान प्रणालि र साेहि अनुसार निर्मित पाठ्यक्रम पढेर समाजका दुःख र अन्तरबिराेधहरु बुझिन्न, त्यसकाे लागि आलोचनात्मक चेत चाहिन्छ । यसलाई पनि बुझेर अगाडि बढ्नु । दाइ पुस्ताहरुकाे साथ सदाहनेछ ।







