काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाललाई आजैबाट बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारले सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्ने निर्देशिका २०८० जारी गरेर सामाजिक सञ्जाल सूचीकरण गर्नुपर्ने व्यवस्था गरेको छ । निर्देशिकाको अनुसूची १ ले सामाजिक सञ्जाल सूचीकृत हुनुपर्ने अनिवार्य व्यवस्था गरेको र सोही व्यवस्था अटेर गरेको भन्दै सरकारले सामाजिक सञ्जाल विधेयक भन्दा अगाडि नै सूचीकरण अनिवार्य गर्न खोजेको हो ।
सरकारले सामाजिक सञ्जाललाई व्यवस्थित गर्न सामजिक सञ्जाल विधेयक संसदमा दर्ता गराएको छ । उक्त विधेयक आउनुअघि नै यस अघि आएकै निर्देशिकाको पालना गराउन कडाइ गर्न खोजेको हो ।
फेसबुकसहितका सामाजिक सञ्जाल सूचीकरण हुन सरकारले पटक पटक समय दिएको छ । सरकारले दिएको समयलाई वेवास्था गरेको सामाजिक सञ्जालाई निष्कृय बनाउने निर्णय भएको हो ।
यसैबीच सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरूलाई निष्क्रिय बनाउन निर्देशन दिएको छ। मन्त्रालयले दूर सञ्चार प्राधिकरणलाई पत्राचार गरेर दर्ता नभएका सामाजिक सञ्जालहरूलाई निष्क्रिय पार्न निर्देशन दिएको हो।
सर्वोच्च अदालतको परमादेश र यसअघि सरकारको निर्णय बमोजिम त्यस्ता सामाजिक सञ्जालहरूलाई नेपालभित्र निष्क्रिय बनाउन निर्देशन दिइएको हो।












