February 16, 2025

टिकटकमा लगाइएको प्रतिबन्ध हट्यो, खुला गर्न इन्टरनेट सेवाप्रदायकलाई निर्देशन

टिकटकमा लगाइएको प्रतिबन्ध हट्यो, खुला गर्न इन्टरनेट सेवाप्रदायकलाई निर्देशन

काठमाडौं । नेपालमा टिकटकमाथि लगाइएको प्रतिबन्ध हटेको छ। योसँगै नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाप्रदायकहरुलाई टिकटक खुला गर्न निर्देशन दिएको छ।

गत भदौ ६ गतेको मन्त्रिपरिषदको बैठकले टिकटकमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो। त्यसपछि सूचना तथा सञ्चार मन्त्रालयले बिहीबार प्राधिकरणलाई टिकटक खुलाउन आवश्यक सहजी गर्न निर्देशन दिएको थियो।

मन्त्रालय निर्देशनपछि प्राधिकरणले आज एक परिपत्र जारी गर्दै सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको हो।

अर्को निर्णय नहुँदासम्म टिकटकमा लगाइएको रोक हटाउन प्राधिकरणले निर्देशन दिएको छ। सामाजिक सद्भाव खल्बलिएको भन्दै तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content