September 23, 2026

काठमाडौं सामाखुसीबाट ४ करोड बढी नगद र सुन–चाँदी बरामद, एक जना पक्राउ

काठमाडौं सामाखुसीबाट ४ करोड बढी नगद र सुन–चाँदी बरामद, एक जना पक्राउ

काठमाडौं । काठमाडौं सामाखुसीस्थित घरबाट प्रहरीले ४ करोड २६ लाख ४० हजार ५ सय रुपैयाँ नगदसहित ठूलो परिमाणमा सुन र चाँदी बरामद गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घरधनी ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई नियन्त्रणमा लिइ आन्तरिक राजस्व विभाग, हरिहर भवन पठाइएको छ।

प्रहरीले दिएको जानकारीअनुसार भदौ १७ गते दिउँसो २ बजेर ३० मिनेटतिर काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगञ्जको संयुक्त टोलीले श्रेष्ठको घरमा छापा मारेको थियो। खानतलासीका क्रममा स्रोत नखुलेको नगद र गहना बरामद भएको हो।

श्रेष्ठको घरबाट बरामद सामग्री

  • नगद ४ करोड २५ लाख ५० हजार रुपैयाँ

  • सुन जस्तो देखिने धातुका गहना ९ किलो ५४१ ग्राम

  • चाँदी जस्तो देखिने धातुका गहना ३ किलो २१९ ग्राम

छोराको भाडाको कोठाबाट बरामद

त्यसै दिन राति ९ बजेर ३० मिनेटतिर नयाँबजारस्थित सनम खड्गीको घरमा श्रेष्ठका छोरा राजकुमार श्रेष्ठले भाडामा लिएको कोठामा पनि प्रहरीले खानतलासी गरेको थियो। त्यहाँबाट नगद ९० हजार ५ सय रुपैयाँ र विभिन्न सुनजस्ता देखिने गहना बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद गहनामा तिलहरी, नौ गेडी, औंठी र लकेटसमेत रहेका छन्।

प्रहरीले श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धानका लागि कर प्राधिकरणमा बुझाएको छ।

सम्बन्धित खबरहरु

भर्खरै