September 23, 2026

वीपी राजमार्गमा रातिको सवारी सञ्चालनमा रोक

वीपी राजमार्गमा रातिको सवारी सञ्चालनमा रोक

धुलिखेल । जिल्ला प्रशासन कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकले वीपी राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।

जिल्ला सुरक्षा समितिको आइतबारको बैठकले काभ्रेभञ्ज्याङ–भकुण्डेवेशी हुँदै सिन्धुलीतर्फ जाने सार्वजनिक तथा निजी सवारीलाई साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार, यो व्यवस्था भदौ १६ गतेदेखि भदौ मसान्तसम्म लागू हुनेछ। गत वर्षको वर्षातले राजमार्ग भौगोलिक रूपमा कमजोर बनेको र सामान्य वर्षातमा पनि पहिरो खस्ने जोखिमका कारण प्रशासनले यात्रु र सवारीसाधनलाई सचेत रहन आग्रह गरेको छ।

यसअघि भदौ १५ गते पनि रातको समयमा यातायात रोक्ने निर्णय गरिएको थियो, जसलाई भदौ मसान्तसम्म लम्बाइएको हो।

सम्बन्धित खबरहरु

भर्खरै