September 23, 2026

हवाई दुर्घटनाबारे न्यायिक छानबिन आयोग गठन गर्न सरकारलाई निर्देशन

हवाई दुर्घटनाबारे न्यायिक छानबिन आयोग गठन गर्न सरकारलाई निर्देशन

काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले हवाई दुर्घटनाबारे अध्ययन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न सरकारलाई निर्देशन दिएको छ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्चका पूर्व न्यायाधिशको संयोजकत्वमा विगत पाँच वर्षमा भएका हवाई दुर्घटनालाई आधार मान्दै आयोग गठन गर्न सरकारलाई निर्देश गर्ने निर्णय गरेको हो।

छानबिन आयोगले विगत पाँच वर्षमा भएका हवाई दुर्घटनाका कारण, प्रणालीगत कमजोरी र सुधार आवश्यकतालाई समग्रमा मूल्याङ्कन गर्नेछ।

बैठक सभापति राजकिशोर यादवको सभापतित्वमा सम्पन्न भएको थियो। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री बद्रीप्रसाद पाण्डे, मन्त्रालयका सचिव, कानूनविद् प्रा.डा. युवराज संग्रौला, अधिवक्ता अमृत खरेललगायत पदाधिकारीहरू उपस्थित थिए।

बैठकमा प्रा.डा. संग्रौला र अधिवक्ता खरेलले हवाई सुरक्षा र सम्बन्धित कानूनी तथा नीतिगत व्यवस्थाबारे आफ्नो धारणा प्रस्तुत गरेका थिए। समितिले ती विचारहरू उपयोगी रहेको भन्दै धन्यवाद ज्ञापन गरेको छ।

सम्बन्धित खबरहरु

भर्खरै