September 23, 2026

प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् । आज बिहान काठमाडौँ आइपुगेका सचिव मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्।

भेटवार्तापश्चात उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र ओलीलाई हस्तान्तरण गर्ने बताइएको छ। भेटवार्तामा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव लगायत उच्चअधिकारी सहभागी छन्। अहिले छलफल जारी रहेको छ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि उनी नेपाल आएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

 

सम्बन्धित खबरहरु

भर्खरै