September 23, 2026

काठमाडौंमा सुकुम्वासी बस्तीमा नगरप्रहरीले भत्कायो २५ घरटहरा, झडपमा ४ जना घाइते

काठमाडौंमा सुकुम्वासी बस्तीमा नगरप्रहरीले भत्कायो २५ घरटहरा, झडपमा ४ जना घाइते

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरप्रहरी टोलीले मनोहरा क्षेत्रमा रहेको सुकुम्वासी बस्तीका २५ घरटहरा भत्काएको छ। नेपाल प्रहरीले सुरक्षा सहयोग गरेको थियो। नगरप्रहरी प्रमुख राजु पाण्डेका अनुसार, अवैधरूपमा बनाइएका घरटहराहरू भत्काइएको हो।

घटनाका क्रममा झडप हुँदा तीन पुरुष र एक महिला नगरप्रहरी घाइते भएका छन्। एसपी दिनेश अर्यालका अनुसार, सुकुम्वासीहरूले घरटहरा भत्काउने क्रममा ढुंगा हानेका थिए। घाइतेमध्ये केहीलाई टाउकोमा चोट लागेको र उपचारका लागि नयाँ बानेश्वरस्थित सिभिल अस्पताल लगिएको छ।

महानगरपालिकाले जनाएको छ कि आजको भत्काउने काम सकिएको छ र अब माथिल्लो निर्देशन अनुसार अगाडि बढ्ने जनाएको छ। पाण्डेका अनुसार, “यसअघि पटक-पटक सूचना जारी गर्दा पनि घरटहरा नहटाएपछि डोजर चलाइएको हो।”

सम्बन्धित खबरहरु

भर्खरै