September 23, 2026

नागढुङ्गा सुरुङ मार्गको प्रयोग शुल्क तोकियो

नागढुङ्गा सुरुङ मार्गको प्रयोग शुल्क तोकियो

काठमाडौं । मन्त्रिपरिषद्को निर्णयअनुसार निर्माणको अन्तिम चरणमा रहेको नागढुङ्गा सुरुङ मार्गको प्रयोग शुल्क तोकिएको छ। सोमबार (साउन २७ गते) बसेको मन्त्रिपरिषद बैठकले शुल्क निर्धारण गरेको हो भने बिहीबार (साउन २९) सुचना तथा संचार मन्त्रालयले पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिएको छ।

निर्धारित शुल्क अनुसार:

कार तथा भ्यान: काठमाडौं आउँदा रु. ६५, जाँदा रु. ६०

मिनी बस / मिनी ट्रक: काठमाडौं आउँदा रु. ११५, जाँदा रु. ८०

बस / हेभी ट्रक: काठमाडौं आउँदा रु. २६०, जाँदा रु. २००

भारी यन्त्र उपकरण बोकेको गाडी: आउँदा रु. ६००, जाँदा रु. २५०

सरकारी सवारी साधन र एम्बुलेन्सलाई शुल्क लाग्ने छैन। मोटरसाइकल, स्कुटर र साइकलले सुरुङ मार्ग प्रयोग गर्न पाउने छैनन्।

सुरुङ मार्गको सञ्चालन सुरु भएपछि यो शुल्क सबै सवारी साधनका लागि लागु हुनेछ।

सम्बन्धित खबरहरु

भर्खरै