September 23, 2026

गाली गर्नै छ भने शब्दकोषबाट शब्द खोजी खोजी गरे हुन्छ : प्रधानमन्त्री

गाली गर्नै छ भने शब्दकोषबाट शब्द खोजी खोजी गरे हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले अभिव्यक्त गरेका कुनै पनि कुराको भुक्तानी दिन तयार रहेको बताएका छन्।

आइतबार बालुवाटारमा आयोजित ‘लोकतन्त्र र जनअभिमत : नेपालको निर्वाचन इतिहास’ पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले कहिले पनि झुटो बोलेको छैन भन्ने दाबी गरे। उनले भने, “मैले भनेको कुनै कुरा गलत भयो भने म तत्कालै त्यसको भुक्तानी दिन तयार छु।”

समारोहमा प्रधानमन्त्री ओलीले सरकारको परिभाषा परिवर्तन आवश्यक रहेको बताए। उनका अनुसार सरकार शासक नभएर व्यवस्थापक र सेवक हो, जसले जनतालाई उत्तरदायी र जिम्मेवार भएर सेवा गर्नुपर्छ।

प्रधानमन्त्रीले सुशासन र विकासलाई सरकारको मुख्य दायित्वको रूपमा औंल्याउँदै भने, “देशमा सुशासन र समृद्धि ल्याउनु सरकारको प्रमुख काम हो।”

त्यस्तै, उनले आफूमाथि गाली गर्न चाहनेहरूलाई पनि शब्दकोष पल्टाएर शब्द खोजी–खोजी गाली गर्न सकिने व्यंग्यात्मक टिप्पणी गरे। “मलाई गाली गर्न खोज्नेहरूले उचित शब्दहरू प्रयोग गर्न शब्दकोष पल्टाउन सक्छन्,” उनले भने।

सम्बन्धित खबरहरु

भर्खरै