September 24, 2026

आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनमा उद्योग मन्त्रालयसँग छलफल, विविध विषयमा सहमति

आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनमा उद्योग मन्त्रालयसँग छलफल, विविध विषयमा सहमति

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले मन्त्रालयगत छलफल सुरू गरेको छ। यस क्रममा आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग विशेष छलफल सम्पन्न भएको छ।

छलफलमा दलित समुदायको परम्परागत सीप, कला र पेसाको संरक्षण तथा प्रवर्द्धन गर्दै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न ‘भगत सर्वजित उद्यमशीलता कार्यक्रम’लाई प्रविधि हस्तान्तरण, सीप विकास तालिम र उत्पादनको बजारिकरणसँग जोड्ने प्रस्ताव गरिएको छ।

यसबाहेक, काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेका उद्योगहरूलाई उपत्यका बाहिर स्थानान्तरण गरी प्रदूषण नियन्त्रण गर्ने र स्थानान्तरण हुने उद्योगहरूलाई विशेष सहुलियत दिने विषयमा पनि छलफल भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ।

बैठकमा नेपालमा भारत, चीन लगायत अन्तर्राष्ट्रिय समुदायले मान्यता दिने किसिमको गुणस्तर परीक्षण प्रयोगशाला स्थापना गर्ने र झापाको मयुरधाप, मकवानपुर, र चितवनको शक्तिखोरमा आधुनिक औद्योगिक क्षेत्र निर्माण गर्ने विषयमा पनि विस्तृत छलफल गरिएको हो।

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे, उद्योग सचिव डा. रामप्रसाद घिमिरेलगायत उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेटलाई लक्षित गर्दै अन्य मन्त्रालयहरूसँग पनि क्रमशः छलफल अघि बढाउने जनाएको छ।

सम्बन्धित खबरहरु

भर्खरै