September 23, 2026

सिन्धुलीबाट सम्पर्कविहीन १६ जना पोखरामा भेटिए

सिन्धुलीबाट सम्पर्कविहीन १६ जना पोखरामा भेटिए

काठमाडौं । सिन्धुली गोलञ्जोर गाउँपालिका–६ बाट बेपत्ता भएका एकै परिवारका १६ जना पोखरामा भेटिएका छन् । कास्कीका एसपी श्यामबाबु ओलियाका अनुसार १६ जनाले आफूहरू मजदुरीको काम गर्न पोखरा आएको बताएका छन् ।
उनीहरू गगनगौँडाका स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बसिरहेको अवस्थामा फेला पारिएको ओलियाले जानकारी दिए । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पनि विज्ञप्ति जारी गर्दै उनीहरु फेला परेको जानकारी दिएको छ ।

 

 

सम्बन्धित खबरहरु

भर्खरै