काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) अन्तर्गत तीन वर्षे पीसीएल नर्सिङ (स्टाफ नर्स) कार्यक्रममा अबदेखि प्रवेश परीक्षा नहुने भएको छ।
अब एसईईको ग्रेड (GPA) का आधारमा विद्यार्थी छनोट गरिनेछ। परिषद्ले प्रवेश प्रक्रियालाई पारदर्शी र वैज्ञानिक बनाउन नयाँ व्यवस्था ल्याएको हो।
छात्रवृत्ति र तिरेर पढ्ने (पेइङ) दुवै कोटामा अनलाइन आवेदन दिन सकिनेछ। सरकारी विद्यालयका विद्यार्थीलाई ०.१५ अंकको अतिरिक्त सुविधा दिइनेछ।
आवेदन फारम सीटीईभीटीको वेबसाइट (www.ctevt.org.np वा www.ctevtexam.org.np) मार्फत भर्न सकिनेछ। शुल्क एक हजार रुपैयाँ तोकिएको छ।
देशभरका ६३ संस्थामा २,५२० जना विद्यार्थी भर्ना हुनेछन्, जसमा १२० छात्रवृत्तिका लागि आरक्षित छन्।
नयाँ प्रणालीले पहुँच र सेटिङको अन्त्य गर्ने परिषद्को दाबी छ।







