September 23, 2026

सौर्य एयरलाइन्स दुर्घटनाको अन्तिम प्रतिवेदन सार्वजनिक

सौर्य एयरलाइन्स दुर्घटनाको अन्तिम प्रतिवेदन सार्वजनिक

काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त एन–एएमई–सीआरजे २०० (कलसाइन ९एन–एएमई) जहाजको दुर्घटना सम्बन्धी अन्तिम प्रतिवेदन सार्वजनिक गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा दुर्घटना जाँच आयोगका अध्यक्ष रतिशचन्द्रलाल सुमनले उक्त प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई हस्तान्तरण गरेका हुन्।

मन्त्री पाण्डेले आयोगले कुनै पूर्वधारणा वा दबाबबिना निष्पक्ष तरिकाले तयार पारेको प्रतिवेदन आएको बताए। मन्त्रालयले प्रतिवेदनलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, आयोगले बुझाएलगत्तै मन्त्रालयले उक्त प्रतिवेदन आफ्नै वेबसाइटमार्फत सर्वसाधारणका लागि सार्वजनिक गरेको छ।

साउन ९, २०८१ मा मर्मतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरातर्फ उडेको उक्त जहाज धावनमार्ग नजिकै दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने पाइलट मनीष शाक्य जीवितै उद्धार भएका थिए।

दुर्घटनाको दिन नै सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको नेतृत्वमा आयोग गठन गरेको थियो। आयोगले विस्तृत अनुसन्धान र अध्ययन गरी प्रतिवेदन तयार पारेको हो।

 

सम्बन्धित खबरहरु

भर्खरै