काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले शुक्रबार दिउँसो २ बजे महानगरको कार्यपालिका बैठक आह्वान गरेका छन्। बैठकअघि विहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्ने कार्यक्रम तय भएको छ।
महानगरका उपमेयर सुनिता डंगोलले बजेट तयार गर्न सहजीकरण गर्दै आएकी छन् भने मेयर शाहसँग सम्वाद पनि बढाएको बुझिएको छ। तर, प्रमुख प्रशासकीय अधिकृतसँग मेयरको सम्बन्ध राम्रो नभएको र यही कारणले बजेट प्रक्रियामा ढिलाइ भएको बताइएको छ। अब हुने कार्यपालिका बैठकले आगामी आर्थिक वर्षको नीति तथा बजेटसम्बन्धी निर्णय गर्ने अपेक्षा गरिएको छ।







