काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्णय गरेको छ। शुक्रबार बसेको आयोगको बैठकले चार तारे झन्डा र चुनाह चिन्ह रुखसहित गगन थापाले नेतृत्व गरेको कार्यसमितिलाई आधिकारिक कांग्रेसको मान्यता दिएको हो।
आयोगले मान्यता दिएसँगै गगन थापा आधिकारिक रूपमा नेपाली कांग्रेसको सभापति भएका छन्। तत्कालीन दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रका शर्माको अगुवाईमा पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना भएको थियो। विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो।
विशेष महाधिवेशनबाट उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीमा प्रदीप पौडेल र गुरु बराल, सहमहामन्त्रीमा महिलाबाट डा. डिला संग्रौला पन्त, दलितबाट प्रकाश रसाइली, आदिवासी-जनजातिबाट बहादुर सिंह लामा, खस-आर्यबाट उदय शम्शेर राणा, मधेसीबाट मुक्ताकुमारी यादव, मुस्लिमबाट फर्मुल्ला मन्सुर, थारूबाट योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका थिए।
कांग्रेस संस्थापन पक्षले विधान विपरीत कार्य गरेको भन्दै महामन्त्रीद्वय थापा, शर्मा र सहमहामन्त्रसी मन्सुरलाई कारबाही गरेको थियो।













