September 20, 2026

विशेष महाधिवेशनः सभापतिमा गगन थापा सर्वसम्मत, यस्ता छन् अन्य पदाधिकारी

विशेष महाधिवेशनः सभापतिमा गगन थापा सर्वसम्मत, यस्ता छन् अन्य पदाधिकारी

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगनकुमार थापालाई सभापतिमा चयन गरेको छ। महाधिवेशन प्रतिनिधिहरूले सर्वसहमति रूपमा थापालाई सभापतिमा चयन गरेको हो।

त्यस्तै उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाललाई चयन गरेको छ। महामन्त्रीमा भने प्रदीप पौडेल र गुरुराज घिमिरेलाई चयन गरेको छ।

सहमहामन्त्रीमा भने महिलाबाट डा. डिला संग्रौला पन्त, दलितबाट प्रकाश रसाइली, आदिवासी-जनजातिबाट बहादुर सिंह लामा, खस-आर्यबाट उदय शम्शेर राणा, मधेसीबाट मुक्ताकुमारी यादव, मुस्लिमबाट फर्मुल्ला मन्सुर, थारूबाट योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका छन्।

सम्बन्धित खबरहरु