September 20, 2026

‘ठण्डा दिमागले सोचौँ, जे निर्णय गर्नुहुन्छ त्यसैलाई मानेर जाने हो,(भिडियोसहित)

‘ठण्डा दिमागले सोचौँ, जे निर्णय गर्नुहुन्छ त्यसैलाई मानेर जाने हो,(भिडियोसहित)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूमा विश्वेश्वरप्रसाद कोइरालाको विचार र लौहपुरुष गणेशमान सिंहको साहस रहेको बताएका छन्। आइतबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित कांग्रेस विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले देशलाई भरोसा दिन र पार्टीलाई रुपान्तरणकारी निर्णय गर्न आवश्यक रहेको बताए। उनले पार्टीभित्रका निर्णयहरू ठण्डा दिमागले सोचेर गर्नुपर्नेमा जोड दिए।

‘ठण्डा दिमागले सोचौँ, जे निर्णय गर्नुहुन्छ त्यसैलाई मानेर जाने हो,’ थापाले भने।

महामन्त्री थापाले कांग्रेस सभापति शेरबहादुर देउवालाई बन्दसत्रमा उपस्थित हुन आग्रह गर्दै नेतृत्वलाई सोमबारसम्म कुर्ने बताए। सभापतिको उपस्थितिबारे निर्णय उनीहरूको इच्छा भएको उल्लेख गर्दै उनले भने, ‘आउने वा नआउने उहाँहरूको मर्जी हो, निर्णय गर्ने तपाईंहरूको मर्जी हो।’

पार्टी सुधारका लागि आफू संघर्ष गर्न तयार रहेको उल्लेख गर्दै थापाले त्याग आवश्यक पर्ने अवस्था आए आफू पछि हट्न पनि तयार रहेको बताए। ‘युद्ध जित्नका लागि कहिलेकाहीँ लडाइँ हार्नुपर्छ। ज्वालालाई जोगाउनका लागि आफैँ डढ्नुपर्छ भने पनि त्यसका लागि तयार छौँ,’ उनले भने।

आफू कुनै नेताको सन्तान नभए पनि कांग्रेसलाई बदल्ने विचार र साहस आफूमा रहेको दाबी गर्दै उनले भने, ‘म बीपीको छोरा होइन, गणेशमानको छोरा होइन। मेरो शरीरमा उहाँहरूको रगत छैन, तर बीपीको विचार छ र गणेशमानको साहस छ।’

सम्बन्धित खबरहरु