September 21, 2026

गगन र विश्वप्रकाशले उद्घाटन गरे कांग्रेसको विशेष महाधिवेशन

गगन र विश्वप्रकाशले उद्घाटन गरे कांग्रेसको विशेष महाधिवेशन

काठमाडौं । नेपाली काठमाडौंको विशेष महाधिवेशनको महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दीप प्रज्वलन गरेर उद्घाटन गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको काँग्रेसको विशेष महाधिवेशनलाई महामन्त्रीद्वय थापा र शर्माले कार्यक्रमको उद्घाटन गरेका हुन् ।

काठमाडौंको विशेष महाधिवेशनमा पुर्व उपसभापति गोपालमान श्रेष्ठ, नेताहरु अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, सुनिल शर्मा, पुर्व मुख्यमन्त्री केदार कार्की, विनोद चौधरी, चिनकाजी श्रेष्ठ, पुष्पा भुसाल, डा. डिला संग्रौलालगायतका नेताहरु उपस्थित भएका छन् ।

काँग्रेसका ४७३४ महाधिवेशन प्रतिनिधि मध्ये विशेष महाधिवेशनमा ६० प्रतिशतभन्दा बढीले सहभागिता जनाउने बताइएको छ ।

सम्बन्धित खबरहरु

भर्खरै