काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरहरूले महाधिवेशन व्यवस्थापनका लागि विभिन्न उपसमितिहरू गठन गरेको छ । विशेष महाधिवेशन सञ्चार तथा प्रचार प्रसार समितिले काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै यही पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने आह्वान गरेको छ ।
विभिन्न १८ वटा उपसमिति गठन गरिएको जानकारी पनि गराइएको छ । उक्त उपसमितिका संयोजकहरू पनि तोकिएको समितिले जानकारी गराएको छ । व्यवस्थापन, जनपरिचालन, मञ्च व्यवस्थापन, आवास तथा खाना व्यवस्थापन, जेनजी युवा परिचालन लगायतका विभिन्न १८ वटा उपसमिति गठन गरिएको हो ।
कुन समितिमा को ?








