September 22, 2026

रेणु र प्रदीपले त्यागे जसपा, बहुमतसहित जसपा नेपालसँग एकता

रेणु र प्रदीपले त्यागे जसपा, बहुमतसहित जसपा नेपालसँग एकता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकी सह–अध्यक्ष रेणु यादव र उपमहासचिव प्रदीप यादवले पार्टी परित्याग गरेका छन्।

उनीहरूले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र जनता समाजवादी पार्टीबीच भएको एकतालाई स्वीकार गर्दै आज जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

सहमति पत्रमा मिति २०८२ साल पुस १३ गते जनता समाजवादी पार्टी, नेपाल र सह–अध्यक्ष रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यसहितको जसपा समूहलाई जसपा नेपालसँग औपचारिक रूपमा एकीकरण गरिएको उल्लेख गरिएको छ।

यससँगै जसपाभित्र देखिएको आन्तरिक विभाजन औपचारिक रूपमा टुंगिएको जनाइएको छ।

सम्बन्धित खबरहरु

भर्खरै