September 22, 2026

सबै वैकल्पिक शक्तिसँग सम्मानजनक सहकार्य गर्न तयार छौं : घिसिङ

सबै वैकल्पिक शक्तिसँग सम्मानजनक सहकार्य गर्न तयार छौं : घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले सबै वैकल्पिक शक्तिहरूसँग सम्मानजनक रुपमा सहकार्य गरेर जान तयार रहेको बताएका छन्।

आइतबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै घिसिङले सहकार्य गर्दा सबैको सम्मानजनक सहकार्य र उपस्थिति हुनुपर्ने बताए। ‘उज्यालो नेपाल पार्टी सम्मानजनक उपस्थिति, आत्मसम्मान र जुन स्वाभिमान छ, त्यसलाई नमेटाइकन सबैसँग सहकार्य गर्न तयार छ। सहकार्य गरेरै अगाडि बढ्ने हो,’ घिसिङले भने।

वैकल्पिक शक्तिसँग सहकार्य गर्ने विषयमा कुराकानी भइरहेको उनले बताए। ‘वैकल्पिक शक्तिहरू सबै एक भएर जानुपर्छ। सकभर एक भएर जाने, नभए कार्यगत एकता गरेर जाने अवस्थामा हामी छौँ’, घिसिङले भने।

यसका लागि सबै शक्तिलाई सहकार्य गर्न उनले आग्रह पनि गरे। घिसिङले भने, ‘नयाँ र मेनस्ट्रिम फोर्स एक भएर जानलाई पनि म आह्वान गर्छु।’

सम्बन्धित खबरहरु

भर्खरै