September 22, 2026

परराष्ट्रमन्त्री बने पूर्वरथी बालानन्द शर्मा

परराष्ट्रमन्त्री बने पूर्वरथी बालानन्द शर्मा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्रमन्त्री बनाएर मन्त्रिपरिषद विस्तार गरेकी हुन्। उनी सेना समायोजन प्राविधिक समितिका संयोजक थिए।

शुक्रबार शीतल निवासमा आयोजित विशेष समारोहमा शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। शपथ समारोहमा प्रधानमन्त्री कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे,राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलगायत विशिष्ट अधिकारीहरू सहभागी छन्।

सम्बन्धित खबरहरु

भर्खरै