September 22, 2026

फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने लक्ष्य : गृहमन्त्री अर्याल

फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने लक्ष्य : गृहमन्त्री अर्याल

सुर्खेत । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न गराउनु रहेको बताएका छन्।

गृह मन्त्रालय र कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी को उद्घाटन कार्यक्रममा उनले निर्वाचन तयारीमा सरकार गृहकार्यमा लागेको जानकारी दिएका हुन्।

गृहमन्त्री अर्यालले भने, “हाम्रो मूल रणनीति कुनै पनि अवस्थामा द्वन्द्व हुन नदिने हो। मुलुकको संकटपूर्ण अवस्थालाई सामान्यीकरण गर्दै शान्तिपूर्ण राजनीतिक वातावरणमा स्वच्छ र निर्भय प्रतिस्पर्धाका लागि निर्वाचनको तयारी गरिरहेका छौँ। संसद् विघटन भएको छ महिनाभित्र चुनाव हुनुपर्ने जनादेश भएकाले सुरक्षा चुनौतीलाई सुदृढ गर्दै निर्वाचन सम्पन्न हुनेछ।”

उनले जेन–जी आन्दोलनका सहिदको पहिचान गरी सबैको नामावली राजपत्रमा प्रकाशन भएको र सहिद परिवारलाई राहत उपलब्ध गराउन सरकार केन्द्रित रहेको पनि बताए।

सम्बन्धित खबरहरु

भर्खरै