काठमाडौं । भदौ २३ र २४ गते भएका घटनाको छानबिन तथा जाँचबुझ गरिरहेको आयोगले अनुसन्धानका लागि लगाइएको स्थानहद फुकुवा गरेको छ। आयोगले पूर्वगृह सचिव गोकर्णमणी दुवाडी, नेपाल प्रहरीका पूर्वमहानिरीक्षक चन्द्रकुवेर खापुङ र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालमाथि लगाइएको स्थानहद मंगलबार फुकुवा गरेको हो।
आयोगका उपसचिव कमलप्रसाद पाण्डेद्वारा पठाइएको पत्रमा उनीहरूमाथि लगाइएको स्थानहद हटाइएकाले अब उनीहरूले विदेश भ्रमण गर्न पाउने उल्लेख गरिएको छ।
यसअघि आयोगले अनुसन्धानका क्रममा उनीहरूलाई विदेश भ्रमण गर्न तथा आयोगको स्वीकृतिबिना काठमाडौं उपत्यका छाड्न नपाउने गरी रोक लगाएको थियो।














