September 22, 2026

रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किने

रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पार्टीको मुल नेतृत्वमा फर्किने भएका छन् ।
सहकारी ठगी तथा संगठित अपराधको मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले धुनामुक्त गर्ने आदेश दिएसँगै लामिछाने शुक्रबार रिहा हुँदैछन् ।

हाल नख्खु कारागारमा रहेका लामिछाने आवश्यक कागजी प्रक्रिया मिलाउन भैरहवा जाँदैछन् । रुपन्देही जिल्ला अदालतबाट कागजी प्रक्रिया मिलाएपछि रिहा भएसँगै लामिछाने पार्टीको मुल जिम्मेवारीमा तत्काल फर्किने कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डीपी) अर्यालले जानकारी दिए ।

‘कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी सभापतिज्यू तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किनुहुने व्यहोरासमेत अवगत गराउँछौँ,’ अर्यालले विज्ञप्ति जारी गर्दै भनेका छन् ।

सम्बन्धित खबरहरु

भर्खरै