September 22, 2026

एमाले महाधिवेशनः नयाँ नेतृत्व चयनका लागि मतदान जारी

एमाले महाधिवेशनः नयाँ नेतृत्व चयनका लागि मतदान जारी

काठमाडौं । नेकपा एमालेको जारी ११औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान सुरू भएको छ। अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले गरेको विद्युतीय मतदान सफल भएपछि प्रतिनिधिहरुलाई पनि मतदानका लागि भित्र पठाइएको हो ।

शनिबारदेखि सुरू भएको ११ औं महाधिवेशन अन्तर्गत बुधबार बिहान ८ बजेदेखि मतदान सुरू हुने भनिए पनि केही ढिला गरी सुरू भएको हो।

मतदाताहरु मतदानका लागि भृकुटीमण्डपमा लामबद्ध भएर पालो कुरिरहेका छन् । आगामी नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित चुनावी मैदानमा छन्।

विद्युतीय मेसिनबाट मतदान हुन लागेको हो । विद्युतीय मतदान भएकाले मतदान सकिएको कम्तिमा २ घन्टामा परिणाम सार्वजनिक हुनेछ।

जारी महाधिवेशनबाट एक अध्यक्ष, ५ जना उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र ९ जना सचिव साथै ३०१ जना केन्द्रीय सदस्य चयन हुनेछन्।

महासचिवमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे उम्मेदवार छन्।

सम्बन्धित खबरहरु

भर्खरै