September 22, 2026

एमाले ११औँ महाधिवेशनः आज मतदानमार्फत नयाँ नेतृत्व चयन

एमाले ११औँ महाधिवेशनः आज मतदानमार्फत नयाँ नेतृत्व चयन

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनले आज मतदानमार्फत नयाँ नेतृत्व चयन गर्दैछ। महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार भृकुटीमण्डपस्थित बन्दसत्र स्थलमा आज दिउँसो ४ बजेपछि मतदान सुरु हुनेछ।

यसअघि मतदान समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म तोकिएको भए पनि सोमबार निर्वाचन कार्यतालिका संशोधन गर्दै समय परिवर्तन गरिएको हो। अन्तिम उम्मेदवार नामावली सार्वजनिक भएसँगै केन्द्रीय निर्वाचन टोली चुनावी प्राविधिक तयारीमा जुटेको छ। उम्मेदवारहरूलाई विद्युतीय प्रणालीमा सूचीकृत गर्न अपराह्न ४ बजेसम्म लाग्ने आयोगले जनाएको छ।

११औँ महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ। उपाध्यक्ष पदमा अरूण नेपाल, गुरू बराल, गोकर्णराज विष्ट, टंक कार्की, परशुराम मेघी गुरूङ, पृथ्वीसुब्बा गुरूङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा ‘बादल’, डा. विन्दा पाण्डे र विष्णुप्रसाद पौडेल उम्मेदवार छन्।

महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे प्रतिस्पर्धामा छन्। उपमहासचिव पदका लागि आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट, विष्णुप्रसाद रिमाल र वैजनाथ चौधरीले उम्मेदवारी दिएका छन्।

सचिव पदका लागि २० जनाको उम्मेदवारी परेको छ। आयोगका अनुसार मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिनेछ। एक जना मतदाताले मतदान गर्न करिब २५ देखि ३० मिनेट समय लाग्ने अनुमान गरिएको छ।

सम्बन्धित खबरहरु

भर्खरै