September 22, 2026

देशभरका भन्सार कर्मचारीले गरे पेन डाउन

देशभरका भन्सार कर्मचारीले गरे पेन डाउन

काठमाडौं । नयाँ भन्सार ऐनका प्रावधानविरुद्ध भन्सार एजेन्ट महासंघ नेपालले गरेको आह्वानपछि मंगलबार देशभरका भन्सार कार्यालयमा पेन डाउन आन्दोलन शुरू गरेका छन्। कर्मचारीहरूले कलम बिसाएर विरोधमा उत्रिएसँगै जाँचपासदेखि भन्सार सम्बन्धी सबै काम अवरुद्ध भएका हुन्।

मंसिर २१ गतेदेखि लागू भएको भन्सार ऐन, २०८२ ले एजेन्टको पेशागत अधिकार र वैध व्यापार प्रक्रियामा थप जटिलता ल्याएका, अनावश्यक दण्ड–जरिवाना थपेको र तजबीजी अधिकार बढाएको भन्दै महासंघले आपत्ति जनाएको छ।

कर्मचारीहरूले दण्ड–जरिवाना, इजाजतपत्र नवीकरण, निलम्बन प्रक्रिया, बैंक जमानत, युजर–आइडी व्यवस्थापन, इन–आउट नोट प्रणाली र मालवस्तु जाँचपासका अधिकारलाई इजाजत पाएका भन्सार एजेन्टमै सीमित गर्न माग राख्दै आएका थिए।

उनीहरूले भन्सार स्वचालन प्रणालीमा दोहोरिने सर्भर समस्या, राजश्व भुक्तानीका जटिलता, क्वारेन्टाइन सम्बन्धी ढिलाइ तथा जाँचपासमा भइरहने अव्यवस्थाबारे भन्सार विभागलाई पटक–पटक जानकारी गराए पनि सुनुवाइ नभएको आरोप लगाएका छन्।

सम्बन्धित खबरहरु

भर्खरै