September 22, 2026

उज्यालो नेपाल पार्टीको घोषणा

उज्यालो नेपाल पार्टीको घोषणा

काठमाडौं । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको समर्थनमा उज्यालो नेपाल पार्टीको घोषणा गरिएको छ।

काठमाडौँको राष्ट्रिय सभागृहमा बुधबार आयोजित कार्यक्रमबाट उक्त पार्टी घोषणा गरिएको हो। उज्यालो नेपाल पार्टी पूर्वसचिव अनुपकुमार उपाध्यायको अध्यक्षमा निर्वाचन आयोगमा दर्ता छ। यस पार्टीले बलिरहेको चिम चुनाव चिह्न राखेको छ।

पार्टी घोषणा कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यागेर केही समय निष्क्रिय रहेकी सुमना श्रेष्ठ पनि पुगेकी थिइन्।

सम्बन्धित खबरहरु

भर्खरै