September 22, 2026

एम्बुलेन्स र शववाहनको विवरण अनिवार्य उपलब्ध गराउनुः स्वास्थ्य मन्त्रालय

एम्बुलेन्स र शववाहनको विवरण अनिवार्य उपलब्ध गराउनुः स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरिका सम्पूर्ण एम्बुलेन्स र शववाहनको विवरण अनिवार्य उपलब्ध गराउन सूचना जारी गरेको छ। आज एक सूचना जारी गर्दै यही मंसिर २१ गतेभित्र अनिवार्य रुपमा मन्त्रालयको इमेल ठेगानामा विवरण उपलब्ध गराउन अनुरोध गरेको हो।

आम नागरिकलाई प्रभावकारी, व्यवस्थित, मितव्ययी तथा सेवाग्राहीमैत्री एम्बुलेन्स र शववाहन सेवाका लागि एकीकृत प्रणालीलाई सुदृढीकरण गर्न आवश्यक रहकाले हाल नेपालमा सञ्चालनमा रहेका सम्पूर्ण एम्बुलेन्स तथा शववाहनहरुको विवरण सम्बन्धित सेवा प्रदायक संस्थाहरुले पठाउनुपर्ने मन्त्रालयले जनाएको हो। हाल एम्बुलेन्स सेवा निर्देशिका, २०८२ र शववाहन सेवा सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७७ कार्यान्वयनमा छ।

 

सम्बन्धित खबरहरु

भर्खरै