September 22, 2026

दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न काठमाडौं प्रशासनले अनुमति दिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रसाईंलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

म्याद थपका लागि प्रसाईंलाई मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय हुँदै प्रशासन कार्यालय लगिएको थिया । त्यसक्रममा प्रसाईंले आफूलाई कुन मुद्दामा पक्राउ गरिएको भन्ने जानकारी नभएको बताएका थिए।

प्रसाईंलाई पक्राउ गरेको विरोधमा उनका समर्थकले प्रशासनको कार्यालय अगाडि नाराबाजी गरेका थिए।

’राजसंस्था र हिन्दुराष्ट्र पुनस्र्थनापनाका लागि आन्दोलन’ घोषणा गरेका प्रसाईंलाई भड्काउपूर्ण अभिव्यक्ति दिएर सार्वजनिक शान्ति भंग गरेको आरोपमा प्रहरीले गए राति पक्राउ गरेको थियो।

पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाउने तयारी गरिएको छ।

सम्बन्धित खबरहरु

भर्खरै