September 22, 2026

जनअपेक्षा अनुसार काम गर्छु : आईजीपी कार्की

जनअपेक्षा अनुसार काम गर्छु : आईजीपी कार्की

काठमाडौं । नेपाल प्रहरीका ३३ औँ महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफ्नो सकल दर्जाको मनोबल उच्च राख्दै जनताको अपेक्षाअनुसार कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। गृह मन्त्रालयमा आयोजित समारोहमा उनले दर्ज्यानी चिन्ह लगाएपछि सामूहिक नेतृत्व र सहकार्यको महत्त्वबारे जोड दिएका छन्।

आईजीपी कार्कीले भने– “सुदृढ नेतृत्व र सामूहिकता प्रदर्शन गर्दै, मनोबल बढाएर जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।” उनले आफ्नो ब्याचमेट आईजीपी बन्ने प्रतिस्पर्धामा रहेका राजन अधिकारी र डा. मनोज केसीसँगको इतिहासमा हुने अस्वस्थ प्रतिस्पर्धालाई टड्कारो पार्दै सामूहिक नेतृत्वको उद्घोष गरेका हुन्।

जेनजी आन्दोलनलगत्तै देखिएका चुनौतीपूर्ण परिस्थितिमा पनि प्रहरी सेवा निरन्तर सञ्चालन भएको र छोटो समयमा संरचना र सेवा पुनर्स्थापित गर्न उत्साहजनक प्रगति भएको उनले बताए। कार्कीले प्रहरीको साहस, सहनशीलता र समस्यासँग सामना गर्ने क्षमता प्रहरी शक्ति भएको बताए।

उनी वित्तीय अपराध र साइबर अपराधसम्बन्धी नयाँ चुनौतीहरूसँग जुध्न प्रहरी तयार रहनुपर्नेमा जोड दिएका छन्। उनले प्रहरी सेवाको गुणस्तर र लोकतन्त्रबीचको सम्बन्धसमेत उल्लेख गर्दै भने– “कुनै पनि देशको प्रहरी सेवा त्यस देशको लोकतन्त्रको मापक हो।”

सम्बन्धित खबरहरु

भर्खरै