September 22, 2026

रवि र छविको मुद्दामा सक्कल मिसिल झिकाउन आदेश

रवि र छविको मुद्दामा सक्कल मिसिल झिकाउन आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले सर्वोच्च अदालतमा रहेको मिसिल झिकाउन आदेश दिएको छ।

न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले सर्वोच्च अदालतमा दर्ता रहेको मिसिललाई उच्च अदालतमा ल्याउन आदेश जारी गरेको हो।

यसअघि लामिछानेले सहकारी ठगी मुद्दामा आफ्नो भागको बिगो बुझाएर थुनाबाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै निवेदन दिएका थिए। उच्च अदालतको आदेशपछि अब मिसिल झिकिएपछि मुद्दाको सुनुवाइ थप स्पष्ट र छिटो हुने अपेक्षा गरिएको छ।

सम्बन्धित खबरहरु

भर्खरै