September 22, 2026

डिआइजीमा पाँच जना बढुवा– सीआईबीमा खत्री, अख्तियारमा खनाल

डिआइजीमा पाँच जना बढुवा– सीआईबीमा खत्री, अख्तियारमा खनाल

काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा गरिएको छ। गृह मन्त्रालयले भूपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्लेलाई डिआइजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

यस्तै, खत्रीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा,भट्टराईलाई अपराध अनुसन्धान विभागमा, अधिकारीलाई उपत्यका प्रहरी कार्यालयमा, खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा र काफ्लेलाई प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन गरिएको हो ।

गत ९ कात्तिकमा उनीहरूको नाम बढुवाका लागि सिफारिस गरिएको थियो। सोही सिफारिसका आधारमा सरकारले सोमबार पाँच जना एसएसपीलाई डिआइजीमा बढुवा गर्दै पदस्थापन गरेको हो।

सम्बन्धित खबरहरु

भर्खरै