September 22, 2026

आठ कम्युनिस्ट पार्टीबीच एकताको सहमतिपत्रमा हस्ताक्षर

आठ कम्युनिस्ट पार्टीबीच एकताको सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका ८ कम्युनिस्ट पार्टीले एकता गर्न सहमति गरेका छन्। आइतबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकपछि आठ राजनीतिक दलले एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

आठ दलबीच भएको १८ बुँदे सहमतिअनुसार एकतापछि निर्माण हुने पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेलिनवाद हुनेछ। त्यस्तै नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुने सहमतिपत्रमा उल्लेख छ।

एकता प्रक्रियामा सहभागी भएका पार्टीहरूका साविकका केन्द्रीय कमिटीहरूलाई समायोजन गर्दै आपसी सहमतिका आधारमा केन्द्रीय कमिटी गठन गर्ने दलहरूबीच सहमति भएको छ। केन्द्रीय समिति, राजनीतिक समिति, सचिवालय र कार्य संयोजन समिति केन्द्रीय समितिभित्रको संरचना रहने सहमतिपत्रमा उल्लेख छ।

सम्बन्धित खबरहरु

भर्खरै